पोखरामा लैंगिक समता सम्बन्धि कार्यशाला शुरु

पोखरामा लैंगिक समता र समायोजन विषयक कार्यशाला शुरु भएको छ । ३ दिने कार्यशालामा आफुले भोग्नुपरेका समस्याहरु, आफूभित्र रहेका तर व्यक्त गर्न नसकेका भावना व्यक्त गर्ने तरिकाबारे छलफल हुने बताइएको छ ।

तालिमका सहभागीहरुले घरपरिवार, समाज र मुलुकमा नै लैंगिक समता र समायोजनका लागि भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । लैंगिक हिसाबले समाजमा भोग्नुपरेका समस्याका विषयमा सहभागीले आफ्ना अनुभूति सेयरिङ गर्ने बताइएको छ । सत्यानाका विलियम किपीन र रेभ ब्रिक्सले सहजीकरण गर्ने लायन्स क्लब अफ तालबाराहीका अध्यक्ष बासु जिसीले जानकारी दिनुभयो ।

कार्यशालामा भारत, दक्षिण कोरिया र नेपालबाट गरी ३० जना सहभागी रहेका छन् । अमेरिकाको सत्याना इन्स्टिच्यूट, एनजिएओ फेडरेशन, कास्की, पोखरा महानगरपालिका, लायन्स क्लब अफ तालबारी, दर्पन, ग्रिन हिल लगायतको सहकार्यमा कार्यशालाको आयोजना गरिएको हो ।

Facebook Comments