तुलसीपुरमा नगर स्तरीय परीक्षाको तयारी पुरा

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कक्षा ८ को नगरस्तरीय परीक्षाको तयारी पुरा भएको छ । शिक्षा महाशाखा तुलसीपुरले कार्यक्रमको आयोजना गरेर परीक्षाको तयारी पुरा भएको जानकारी गराएको हो ।

शिक्षा महाशाखा तुलसीपुरले गराएको जानकारी अनुसार यस क्षेत्रका १६ वटा विद्यालयमा केन्द्र रहेका छन् । परीक्षा हुने केन्द्रहरु सबै सामुदायिक विद्यालय रहेको शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले जानकारी दिनुभयो ।

उहाँले यो वर्षबाट होम सेन्टर हटाइएको पनि जानकारी दिनुभयो । चैत्र १ गतेबाट हुने परीक्षामा तुलसीपुर उपमहानगरपालिका भित्र रहेको ८५ विद्यालयका ३ हजार ९ सय ९२ विद्यार्थीहरु सहभागी हुने परीक्षा समितिका सदस्य सचिव मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीलाई पाएक पर्ने गरी केन्द्र निर्धारण गरिएको समेत वताउनुभयो । यसैविच शिक्षा महाशाखाले नगरस्तरीय परीक्षाको सन्दर्भ पारेर केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परिवेक्षक, जनप्रतिनिधि कार्यपालिका सदस्यका विचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

Facebook Comments