भुटानी शरणार्थी प्रकरणः पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुँदै
भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहनुभएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुनुहुने भएकाे छ ।
रायमाझीले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएपछि रिहाका लागि अनुमति मिलेकाे वहाँका निकट लिला जिसीले जानकारी दिनुभयाे ।
ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेकाे छ ।
यसअघि रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका संघीय संसदकाे निर्वाचनमा लगातार चारपटक निर्वाचित हुनुभएका रायमाझी मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुनुभएकाे थियाे । कानुनी व्यवस्थाका कारण रायमझीले मुद्दाकाे अन्तिम किनारा नलागेसम्म निर्वाचनमा भाग लिन नपाउने अवस्था छ ।
Facebook Comments

