गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्षमा विष्णुप्रसाद पौडेल निर्विरोध
पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे छ । समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, उपाध्यक्षमा ईश्वरीप्रसाद लम्साल, सचिवमा हरिप्रसाद लम्साल, सह–सचिवमा महदत्त भट्टराई, कोषाध्यक्षमा ऋषिराम बराल, सह–कोषाध्यक्षमा विजयराज आचार्य, सदस्यहरुमा युवराज लामिछाने, राजेन्द्रप्रसाद आचार्य, सीता बराल, कृष्णप्रसाद लम्साल, खेमराज बराल र राजन अधिकारी निर्वाचित भएका छन् ।
समितिको १ जना उपाध्यक्ष पदमा र ६ जना सदस्य पदमा बाहेक निर्वाचन भएको निर्वाचन समितिका संयोजक योगनाथ ढकालले जानकारी दिनुभयाे । निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरुलाई शनिबार नै सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएका निर्वाचन समिति सदस्य गंगालाल सुवेदीले बताउनुभयाे ।
निर्वाचन समितिका संयोजक योगनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य हरिराज पोखरेलले गर्नुभएकाे थियाे । डेभिजफल गण्डकी प्रदेशमा सबैभन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटकले भ्रमण गर्ने तथा अन्य पर्यटकिय स्थानहरु भन्दा पछि पत्ता लागेको हो ।

