यात्रुबाहक गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु , ४ जना घाईते
मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक ईभी गाडी दुर्घटना भएकाे छ । साे गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका प्रहरीले जनाएकाे छ ।
मंगलबार दिउँसो २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक माईक्रोबस हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरी टोलीले घटनास्थलबाट ६ जना पुरुष र २ जना महिला गरी ८ जनालाई फेला पारेको र तीमध्ये २ जना पुरुष गम्भीर र १ जना महिला मध्यम घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने भने १ जना महिला सामान्य घाइते भएकोमा हेटौंडा पठाइएको छ ।
घाइतेहरू
१. जिल्ला बारा, कलैया उपमहानगरपालिका–२४ बस्ने २० वर्षीय चालक अमिर अन्सारी — टाउको, दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको ।
२. जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ बस्ने २३ वर्षीया कल्पना तामाङ — ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको।
३. जिल्ला बारा, महागढीमाई नगरपालिका–११ बस्ने २१ वर्षीया बबिया कुमारी यादव — दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम। उपचारका लागि हेटौंडा अस्पताल पठाइएको ।
४. जिल्ला मकवानपुर, मकवानपुरगढी गाउँपालिका–१ बस्ने २३ वर्षीय राजकुमार स्याङतान — टाउको तथा शरीरका विभिन्न भागमा चोट, बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको ।
मृतकहरू
१. जिल्ला नवलपरासी पूर्व, कावासोती नगरपालिका–१ बस्ने २४ वर्षीय नरबहादुर सिंह ठकुरी — साथमा रहेको राहदानी/नागरिकताको आधारमा पहिचान खुलेको।
२. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–४ बस्ने ४३ वर्षीय सुरज भट्टराई — साथमा रहेको नागरिकता र राष्ट्रिय परिचयपत्रको आधारमा पहिचान खुलेको।
३. जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका–२, टिहुकी बस्ने ४४ वर्षीय भुवनेश्वर साह कानु — साथमा रहेको राहदानीका आधारमा पहिचान खुलेको।
४. जिल्ला बारा, लिप्निमाल, परवानीपुर–३ बस्ने ३२ वर्षीय सरफरोस मियाँ ।

