भद्रगोलका प्रमुख पात्र पाँडेको भूमिकाप्रति नेपाल पाण्डे समाजकाे विरोध
नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला भद्रगोलका प्रमुख पात्र पाँडेको भूमिकाप्रति नेपाल पाण्डे समाजले विरोध जनाएको छ । पाँडेको सिरियलमा देखाइने चरित्रप्रति विरोध जनाउँदै समाजले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्राचार समेत गरेको छ ।
पाँडे पात्रलाई फटाहा चरित्रमा देखाउँदा समस्त पाण्डेहरुको मनमा चोट पुगेको पत्रमा उल्लेख गरिएको छ । विज्ञप्तिमा मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पाण्डेहरुले र्पुयाएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा मन दुखेको उल्लेख गरिएको छ ।
समाजमा असर र्पुयाउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा सहित समाजले मिडिया हवको ध्यानाकर्षण गराएको छ भने नेपाल टेलिभिजनलाई समेत पत्र दिइएको छ । मिडिया हबले भने आफूहरुले चेतना र मनोरञ्जनका लागि सिरियल निर्माण गरेको तर कसैको मान प्रतिष्ठामा आँच ल्याउने सोच नरहेको जनाएको छ ।

