घाचोकका विद्यालयमा दन्त शिविर
कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका दुई विद्यालयमा जर्मन भोलेन्टियर संस्था (इ.भी.) को प्राविधिक सहयोगमा आयोजना भएको दन्त शिविर सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस पोखराको आर्थिक सहयोगमा आयोजना भएको १० दिने निशूल्क दन्त शिविर घाचोकमा सम्पन्न भएको हो ।
घाचोकको मेघराज आधारभूत विद्यालय र जनजागरण सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिने उदेश्यले आयोजना भएको शिविरमा दाँत किन माझ्ने, कसरी माझ्ने, नमाझे के हुन्छ लगायतका ज्ञान सिकाउनुको साथै किरा लागेको दाँतहरु समेत निकालिएको थियो ।
शिविरमा मेघराज आधारभूत विद्यालयका ८० जना र जनजागरण सामुदायिकका ११६ जना विद्यार्थीहरुले सेवा लिए । त्यस्तै विद्यालयका शिक्षकहरु र स्थानीयहरुले पनि शिविरको फाइदा लिए । शिविरमा जर्मन भोलेन्टियर डाक्टर सह्रा र डाक्टर कृष्टिनाले सेवा प्रदान गरेका थिए ।
घाचोकका ति विद्यालयहरुमो उदेश्य वालवालिकाहरुलाई मुखको सरसफाईको बारेमा जानकारी दिन, मुखको स्वास्थ्यको बारेमा ज्ञानको कमिले हेलचक्राइँ गरेकाहरुलाई उपचार सेवा दिन साथै स्वास्थ्यजाँचको लागि सहजै पोखरासम्म आउन पहुँच नभएकोहरुलाई सेवा दिने उद्देश्य सहित शिविर गरिएको कार्यक्रमका संयोजक डा. सरोज पोखरेलले जानकारी दिनुभयो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका म्यानेजिङ डाइरेक्टर रमेश थापाले अन्य शिक्षाको बारेमा धेरै शिविरहरु हुँदै आएको र मुखको सरसफाई बारे कमै हुने भएकोले सहयोग गरेको बतानउभुाये । सोही शिविरको अबसरमा एक्सपर्ट एजुकेशनले विद्यार्थीहरुलाई विभिन्न स्टेशनरीका सामाग्रीहरु पनि सहयोग गरेको थियो ।

