कोपिला सहकारीको बैंकिङ एप्स सुरु
कोपिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई बैंकिङ कारोबारका लागि कोपिला एप्स शुरु गरेको छ । पोखरा–४ मा रहेको सो सहकारीले सो अवसरमा सहकारी प्रशिक्षण समेत ग¥यो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल र सहकारी अध्यक्ष सूर्यबहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका २ सय ५० जना शेयर सदस्यलाई कोपिला एप्स र सहकारीसम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा एप्सका डेभलपर सुवास आचार्यले शेयर सदस्यहरुलाई बैंकिङ सुविधा सम्बन्धी र सहकारी सम्बन्धी सहजीकरण सुदीप ढकालले गर्नुभएको थियो ।
संस्था अध्यक्ष जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य श्रीप्रसाद गौतमले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
Facebook Comments

