भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘चौकीदार’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामको अगाडि चौकीदार थप्नुभएको छ । आइतबार आफ्नो ट्विटर ह्यान्डलमा यसअघि रहेको नरेन्द्र मोदी नाम फेरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका छन् । मोदीले निर्वाचन नजिकिंदै गर्दा आफूलाई देशको चौकिदार बताउँदै आउनुभएको छ र यसलाई निर्वाचनमा चर्चामा आउनका लागि गरिएको प्रोपोगाण्डा ठान्नेहरु पनि प्रशस्तै रहेका छन् ।

भारतीय जनता पार्टीका नेताहरुले पनि आफूलाई चौकिदार लेख्न थालेका छन् । यसअगाडि लोकसभा चुनावलाई मध्यनजर गरेर भाजपाले चुनाव प्रचारलाई गति दिने क्रममा ‘मै भी चौकीदार’ अभियान सुरु गरेको थियो । प्रधानमन्त्री मोदीले शनिबार आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो जारी गर्दै यो अभियानको सुरुवात गर्नुभएको हो । मोदीले भारतको प्रगतिको लागि कठिन परिश्रम गरिरहेका सबै व्यक्तिलाई चौकिदारका रुपमा परिभाषित गर्नुभएको छ ।

Facebook Comments