समुद्री चक्रवात इडाईका कारण लाखौं विस्थापित
समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएका छन् । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
राष्ट्र संघको मौसमसम्बन्धी निकायले इडाई चक्रवात पृथ्वीको दक्षिणी गोलार्धमा भएको मौसम सम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने उल्लेख गरेको छ । चक्रवातले सबैभन्दा बढी मोजाम्बिक, जिम्बाब्वे र मलावी प्रभावित भएका छन् ।

मोजाम्बिकका राष्ट्रपति फिलिपे न्युसीले चक्रवातका कारण आफ्नो मुलुकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको जानकारी गराउनुभएको छ । चक्रवात प्रभावित मुलुकहरुबाट २५ लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा प्रभावित भएको बताइएको छ ।
मोजाम्बिक सरकारले बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता औल्याएको छ । चक्रवातका कारण बुजी नदी फुटेर ५० किलोमिटर क्षेत्र डुवानमा परेको बताइएको छ ।
अहिले पनि कयौं मानिस पानीमा डुबेरै उद्धारको प्रतिक्षा गरिरहेको सहायताकर्मीहरुलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठाउँठाउँमा राजमार्गमा पहिरो जाँदा उद्धारमा समेत समस्या भएको छ । रेडक्रसले प्रभावित क्षेत्रमा हैजा र पानीजन्य प्रकोपहरू फैलन सक्ने चेतावनी दिएको छ । एजेन्सीको सहयोगमा

