गण्डकी प्रदेशः बिजुली नभएका स्थानमा सोलार जडानमा ८० प्रतिशत अनुदान पाइने
गण्डकी प्रदेशमा बिजुली नपुगेका स्थानमा सोलार जडानका लागि अनुदान दिइने भएको छ । प्रदेश सरकारले बिजुली पुग्न नसकेका स्थानमा सोलार बत्ती जडानका लागि ८० प्रतिशत सम्म अनुदान दिन लागेको हो । गण्डकी प्रदेशको मन्त्री परिषद बैठकबाट घरेलु सौर्य प्रविधी जडान कार्यविधि २०७५ पारित भइसकेको छ ।
प्रदेश सरकारले आगामि दुई वर्ष भित्र प्रदेशका हरेक घरमा बिजुली पुरयाउने नीति लिए अनुसार विजुली नपुगेका स्थानमा स्थानीय तहको समन्वयमा सोलार जडान गर्ने र ८० प्रतिशतसम्म अनुदान दिने कार्यविधि बनाएको हो । यसका साथै प्रदेश सरकारले प्रदेशभित्र रहेका विजुलीका काठे पोल विस्थापीत गरि स्टीलको पोल राख्नका लागि आवश्यक कार्यविधि समेत पारित गरेको छ ।
प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा नै काठेपोल विस्थापित गरि स्टिलका पोल राख्ने कार्यक्रम समावेश गरेको थियो । सोही कार्यक्रम अन्तर्गत प्रदेश भित्र रहेका सम्पुर्ण काठेपोललाई आगामि ४ वर्षभित्र विस्थापीत गर्ने योजना प्रदेश सरकारले बनाएको छ ।

