रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा स्वागत

अस्ट्रेलियाबाट विदामा पोखरा आउनुभएका रामबजार जेष्ठ नागिरक मिलन केन्द्रका आजीवन सदस्य गज बहादुर गुरुङ्गका छोरा प्रेम काजी गुरुङ्गलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । उहाले यस अघि यस सस्थालाई पच्चीसहजार हजार सहयोग प्रदान गर्नु भएको थियो भने यस पटक अस्ट्रेलियामा रहनु हुने मनका धनि महानुभावबाट बाउन्नहजार सहयोग संकलन गरी सस्थाका अध्यक्षलाई प्रदान गर्नु भयो ।

यसै गरी सोसल पब्लिक स्कुलका सस्थापक एवम निर्देशक खिम बहादुर गुरुङ्गबाट यस सस्थाका जेष्ठ नागरिक बुबा आमालाई महिनाको एक पल्ट पोखरा भ्याली भ्रमणको लागि स्कुल बस सेवा दिन प्रतिबद्धता पनि गर्नु भएको छ ।

उहाँबाट पनि यसभन्दा पहिला पाँचहजार पाँच सहयोग प्राप्त भएको थियो । एम सि सर्भिस का प्रोपराइटर सुरज लामाबाट पनि फोम म्याट (प्लास्टिछकको गुन्द्री) प्रदान गर्नु भएको थियो । संस्थाका अध्यक्ष क्या.थमन थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ज्ञान बहादुर थापाले गर्नुभएको थियो ।

Facebook Comments