मिजार समाज कास्कीद्वारा उपप्रधानमन्त्रीलाई ध्यानकर्षण
मिजार समाज कास्कीले नेपाल सरकारका उप प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेट गरी सामाजिक विभेद अन्त्यका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ । पोखरामा गरिएको भेटघाटमा समाजले सामाजिक बिभेद अन्त्यका लागि सरकारले बिषेश पहल गर्न आबस्यक रहेको ध्यानाकर्षण गराइएको हो ।
मिजार समाज कास्कीका अध्यक्ष उमेश सि.के. को नेतृत्वमा रहेको एक टोलील पछाडी परेको बर्गलाई माथि उठाउनको लागि बर्तमान संबिधानमा उल्लेख भएको प्राबधानहरु लागु गर्न माग गरेको छ । स्वास्थ्य, शिक्षा र रोजगारीको सवालमा समाजमा बिभेदमा परेका वर्गलाई बिषेश महत्वका साथ हेर्न समाजले आग्रह गरको अध्यक्ष सिकले जानकारी दिनुभयो ।
संविधानमा लेखिएपनि समाजमा अहिले पनि सामाजिक बिभेद कायम रहेको, संघियताको र्निमाण पछि पनि कुरीती र कुसस्कारको सिकार दलित समुदाय परिरहनु र्दुभाग्य भएको भन्दै मन्त्री संग समाजले गुनासो गरेको थियो । बिभेदका बिषयमा उजुरी दर्ता गर्न समेत समस्या रहेको सो अबसरमा मन्त्रीालई जानकारी गराईएको थियोे ।
प्रहरी तथा प्रसासनमा बिभेद बिरुद्ध अथवा छुवाछुत बिरुद्ध उजुरी दिन अहिले पनि समस्याहरु देखा परीरहेको समाजको भनाई थियो । जातिय भेदभाव बिरुद्धको ऐन २०६८ पुर्णरुपमा कार्यान्वयन गर्न मन्त्री यादवलाई समाजले बिषेश आग्रह गरेको थियो । भेटघाटमा पुर्ब सांसद तथा मिजार समाजका केन्द्रीय सल्लाहकार डिल बहादुर नेपाली, मिजार समाजका केन्दीय सदस्य सोम नेपाली, केन्द्रीय सल्लाहकार ज्ञान बहादुर नेपाली,कास्की जिल्ला पुर्ब अध्यक्ष रुद्र बहादुर नेपाली, पुर्ब उपाध्यक्ष बाबुरा नेपाली लगायतको उपस्थिीती रहेको थियो ।
उप प्रधान तथा स्वास्थ्य मन्त्री यादवले बिभेद बिरुद्धमा एकजुट हुन आबस्यक रहेको बताउनुभयो । दलितहरु आफै जागरुक भए मात्र यो समस्या हल हुनेमा मन्त्री यादवको जोड थियो । आफुले आफ्नो क्षेत्रमा निरन्तर दलितको पक्षमा काम गर्ने सो अबसरमा मन्त्री यादवले प्रतिबद्धता जनाएको समाजका कास्की जिल्ला अध्यक्ष उमेश सि.के.ले जानकारी दिनुभयो ।

