ब्रेक्जिट मुद्दामा जनमत संग्रहको माग गर्दै बेलायतमा प्रदर्शन

युरोपियन युनियनबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतको लन्डनमा विशाल प्रदर्शन भएको छ । युरोपियन युनियनबाट बाहिरिनु हुन्न भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।

प्रदर्शनमा सहभागी भएकाहरुले अर्को जनमत संग्रहको माग गरेका छन् । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्योलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित यस विषयमा पुनः जनमत संग्रहको माग माग गरेका हुन्, अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

ब्रेक्जिट मुद्दामा नै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा गर्नुभएको थियो । भने वर्तमान प्रधानमन्त्री थेरेसा मेले समेत अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो । मेले संसदमा प्रस्तुत गर्नुभएको ब्रेक्जिटबाट बाहिरिने प्रस्ताव २ पटकसम्म संसदबाट अस्वीकृत भएको छ ।

Facebook Comments