मलेसियाबाट कलिङ भिसा आएका कामदारलाई श्रम स्वीकृति दिने तयारी

रोकिएको १० महिनापछि रोजगारीका लागि नेपाली श्रमिकले मलेसियामा जान पाउने भएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अवको एक साताभित्र कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ ।

मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको ठहर सहित गत जेठ महिनादेखि मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । विचौलिया मार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको सरकारको ठहर थियो ।

मलेसियालाई समेत नेपाली कामदारको अभाव महशुस भएपछि यहीवीचमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिनुनपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो ।

समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि पुरानो बिचौलिया (भेन्डर)मार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान नेपालले लिएको थियो ।

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले अब केही दिनमै कामदारको स्वास्थ्य जाँचमा योग्य अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गर्ने तयारी गरेको छ ।

अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् । यसबाट स्वास्थ्य परीक्षणमा विगतमा रहेको सिन्डिकेट पनि सकिने दावी श्रम मन्त्रालयको छ ।

Facebook Comments