साउदी जेलमा रहेका ५१ जना नेपालीलाइ क्षमादान

साउदी अरबमा विभिन्न कसुरमा जेलमा रहेका ५१ जना नेपालीहरुले क्षमादान पाएका छन् । साउदी राजाले उनीहरूकाे कैद,जरिवाना मिनाह गरि क्षमादान दिएकाे प्राप्त समाचारमा जनाइएकाे छ ।

बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् प्रदान गरेर ५१ जना साथमा बिगत एक बर्ष देखि रक्सि खाएको केशमा जेलमा रहेका २८ जना नेपालीहरु नेपाल फर्किन सफल भएको त्यहाँ स्थित नेपाली राजदुतावासले जनाएकाे छ।

ब्लडमनि र जरिवाना तिर्न नसकी जेल मा रहेका ५ जना नेपालीको पनि बक्यौता रकम नेपाली समुदायको सहयोगमा जोहो भए पश्चात स्वदेश फर्केका छन् ।

साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुतले सामाजिक सञ्जाल फेसबुकमा ८४ जना नेपालीहरु बिगत केहि महिनाको अबधिमा नेपाल फर्किएको जानकारी दिनुभएकाे छ ।

उहाँले क्षमादानको लागि साउदी नरेशमा हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुका साथै सहयोग दिने स्वदेश र विदेशमा रहेका नेपाली समुदाय प्रति धन्यवाद प्रकट गर्नुभएकाे छ ।

Facebook Comments