सहकारीको माध्यमबाट समृद्धि : मन्त्री थापा
गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापा मगरले देशमा समृद्धि सहकारीकै माध्यमबाट आउने बताउनुभएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा ६२औं सहकारी दिवसको अबसरमा आयोजित कार्यक्रममा यस्ताे बताउनुभएको हो ।

जिल्ला सहकारी संघ लि. कास्कीको अगुवाईमा भएकाे कार्यक्रममा मन्त्री थापामगरले सहकारीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निर्देशन पनि दिनुभयो । उहाँले अबको तिन बर्ष भित्र यहाँ रहेका सहकारीले २० अर्व लगानी उत्पादन क्षेत्रमा लगाउने भन्दै अब पुंजीको समस्या नहुने विश्वास व्यक्त गर्नुभयाे ।
सहकारीमय बन्यो पोखरा
बुधबार ६२औं सहकारी दिवसको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा सहकारीकर्मीहरु सडकमा भेला भएका छन् । हात हातमा प्लेकार्ड बोकेर आफ्नो सहकारीको ब्यानर सहित सहकारीको नाम लेखिएको क्याप, टिसर्ट, जकेट लगाएका सहकारीकर्मी पोखराको न्युरोडमा जम्मा भएर प्रभातफेरि गर्दे सभागृह चोक पृथ्वीचोक,नयाँबजार हुदै पोखराको प्रदर्शनी केन्द्रमा भएको विशेष कार्यक्रममा सहभागी भएका थिए ।

र्यालीमा घाचोक दुग्घ सहकारी सस्था लिमिटेड प्रथम,शुभ सौगात बहुउद्देश्य सहकारी सस्था लिमिटेड द्धितिय ,फेवा बहुउदेश्य बचत तथा ऋण सहकारी सस्था लिमिटेड तृतिय भएका छन्। र्यालीमा एकता बचत तथा ऋण सहकारी सस्था लि .ढिकालेथर महिला बहुउद्देश्य सहकारी संस्था ,सयपत्री बचत तथा ऋण सहकारी सस्था र बहुउद्देश्य कृषि सहकारी संस्था सान्तवना भएको जिल्ला सहकारी संघ लि. कास्कीका महासचिव छविलाल लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारीलाई तिनै तहको सरकारले प्राथामिकतामा पारेको बताउनु भयो । उहाँले सहकारीलाई ठिक ढंगले सञ्चालन गर्न सके आर्थिक समृद्धिको लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायका सहकारी महाशाखा प्रमुख बद्रिनाथ अधिकारी ,नेफ्स्कुन केन्द्रीय सञ्चालक समिति एवं गण्डकी प्रदेश संयोजक भिम गुरुङले र केन्द्रीय दुग्ध सहकारी संघका लेखासमिति सदस्य युवराज पराजुलीले सहकारी अभियान भएको भन्दै सहकारीको विकास र प्रवद्र्धनको लागि सरकार र सहकारी संगै संगै हिड्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य सहकारी संघका बरिष्ठ उपाध्यक्ष बल राम गौतम ,सहकारीको सात सिदान्तबाचन महिला उपाध्यक्ष सावित्री कोइरालाले गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव छविलाल लामिछानेले गर्नुभएको थियो । कास्कीमा जिल्ला सहकारी संगले विभिन्न कार्यक्रम गरेर ६२औं सहकारी दिवस मनाएको थियो । पहिलो दिन रक्तदान,सरसफाई अभियान र आज विशेष कार्यक्रम संगै साँझ दिपप्रज्वलन गरेर ६२औं सहकारी दिवस मनाएको हो ।

