फोनिज म्याग्दी संयोजकमा साधन घर्ती
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) म्याग्दी जिल्लाको प्रथम भेलाले जिल्ल तदर्थ समिति गठन गरेको छ । बुधवार बेनी बजारस्थित नेपाल मगर संघमा सम्पन्न भेलाले साधन घर्तीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
५५ औं जिल्ला शाखाको रुपमा फोनिज म्याग्दी तदर्थ समितिको सदस्यहरुमा दर्पण रोका मगर, रञ्जना श्रेष्ठ, कविता कर्मचार्य, दलप्रसाद तिलिजा, रश्मी रोका मगर, हेना खड्का छन्त्याल सदस्यमा चयन हुनुभएको छ ।
भेलाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि फोनिजका प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले आदिवासी जनजातिले मिडियाको आवाश्यकता र महत्व बुझ्न नसक्दा धेरै पछि परेको बताउनुभयो । समुदायमाथिको विभेदको समेत विश्लेषण गर्न र विभेद अन्त्यका लागि सशक्त आवाज उठाउन नसकेको उहाँको भनाई थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले आदिवासी जनजाति युवाहरुलाई पत्रकारीतातर्फ आकर्षित गर्ने, प्रशिक्षित गर्ने, संचार क्षेत्रमा आवद्ध आदिवासी जनजाति पत्रकारुहरुलाई संगठित तथा क्षमता अभिवृद्धि गर्दै आदिवासी जनजातिको सवाल, मुद्धा र कार्यक्रमको प्रचार प्रसारको भुमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । भेला संयोजक साधन घर्तीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत समिर रोका मगर र सञ्चालन दर्पण रोका मगरले गर्नुभएको थियो ।

