२०१९ संस्करणको परिमार्जित फोर्ड फिगो पोखरामा बिक्री शुरु

आधुनिक जिवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगो नयाँ भर्सन बजारमा ल्याएको छ । फोर्ड गाडीको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकरिक बिक्रेता हिमालयन अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिले २०१९ संस्करणको परिमार्जित फोर्ड फिगाको लन्च गरेको छ ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले पोखरामा एक कार्यक्रमका बीच उक्त गाडी बिक्रीको लागि शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा सांसद थापाले फोर्डको लोकप्रियता तथा विश्वासलाई कम्पनीले अझ परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश ३ बर्षपछि अन्तराष्ट्रिय स्तरको शहरमा स्थापित हुने तरखरमा रहँदा त्यसै अनुरुपको बिकासका पुर्वाधारमा समेत प्रदेश सरकारको ध्यानाकर्षण भैराखेको बताउनुभयो । सम्भावनाले भरिपुर्ण रहेको पोखरामा सडक संजालको काममा पहलकदमी गर्दै आएको बताउँदै स्वदेशी एवं विदेशी लगानीलाई समेत प्रभावकारी ढंगबाट लैजानका सकरात्मक कार्यतर्फ कामहरुलाई दु्रत गतिमा अगाडी बढाएको औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै हिमालयन अर्गनाइजेसन अन्तर्गतको अटोभेन्चर प्रालिका म्यानेजिङ्ग डाईरेक्टर मिलन थापाले पाँचौ बर्षमा प्रवेश गर्दै विभिन्न फोर्डका कम्तीमा ४ सय गाडी विक्री गरिसकेको बताउनुभयो । उहाँले फोर्ड ग्राहकहरुलाई यसका सेवा सुविधा लगायतका बारेमा सुझाव सल्लाह दिन समेत आग्रह गर्नुभयो ।

सोही अवसरमा बोल्दै प्रालिका अध्यक्ष धु्रव थापाले ग्राहहरुको आवश्यकतालाई ध्यानमा राख्दै विक्री पछी पनि सेवालाई सक्तिकै ध्यान दिएको बताउनुभयो । बजारमा कडा प्रतिस्पर्धा रहेपनि फोर्डका गाडी ग्राहकहरुको रोजाईमा पर्ने गरेको बताउनुभयो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल अटोमोबाइलस् डिलरर्सका अध्यक्ष चन्द्र बहादुर कुवँर लगायतले ग्राहकको सेवासुविधा गाडी किने पश्चात् पनि जारी हुनु पन कुरामा जोड दिदैँ सडकको स्तरन्नोतिमा समेत सरकारको ध्यान जानुपर्नेमा बताउनुभयो ।

सोही कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाद्धारा फोर्ड फिगो नयाँ भर्सन लिने ४ जना ग्राहहरुलाई चाँबी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा फोर्ड फिगो नयाँ भर्सनको बारेमा सिनियर म्यनेजर सरोज मानन्धरले बताउनुभएको थियो ।

यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । फोर्ड फिगो एम्बिएन्टको मूल्य २४ लाख ९९ हजार, टाइटानियमको मूल्य २७ लाख ९९ हजार र टाइटानियम एटीको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी डिजेल इन्जिनयुक्त फिगो एम्बिएन्टको मूल्य २७ लाख ९९ हजार र टाइटानियमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ फिगोमा नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठुलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टेरियर छ ।

नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लिटर, पेट्रोल र १.५ लिटर, डिजेल इन्जिनका साथ उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । आफ्नो श्रेणीकै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टिभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम यसमा उपलब्ध छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध हुने बताइएको छ । नयाँ फिगोमा धेरै नवीन प्रविधिहरु थपिएका छन् जसले सवारीलाई आरामदायी बनाउनुका साथै बढी सुरक्षित पनि राख्न मद्दत गर्छ । फिगोको सबै मोडेलमा दुईवटा एयरब्याग राखिएको छ । यसका साथ सुरक्षालाई अझ सशक्त बनाउन एबीएस, ईएसपी आदि उपलब्ध छ ।

Facebook Comments