मुक्तिनाथ विकास बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग
मुक्तिनाथ विकास बैंक लि.ले आइतबार साँझ हावाहुरीबाट प्रभावित बनेको बारा र पर्साका आँधी हुरी प्रभावितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।
बैकले १४५ घरधुरीका पीडितहरुलाइ १०० थानझुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभयो । बैंकले यसअघि पनि विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएको छ ।
Facebook Comments

