एनआइसी एसिया बैंककाे चमत्कारिक बचत निक्षेप योजना सार्वजिनक
निजी क्षेत्रको सबैभन्दा ठुलो वित्तीय संस्था एनआइसी एसिया बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न १५ चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ । बैंकले २१ वर्ष पुरा गरी २२ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न चमत्कारिक योजना ल्याएको हो । सबै खालका ग्राहकलाई समेट्ने गरी चमत्कारिक बचत योजना ल्याइएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबु नानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलब बचत खाता लगायतका योजना ल्याइएको बैंकले जनाएकाे छ ।
शर्माका अनुसार ग्राहकलाई अझ बढी सेवा सुविधा तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित चमत्कारिक बचत योजना ल्याइएकाे हाे । उल्लेखित निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १५ लाख रुपैयाँसम्मको १८ वटा घातक रोगको बिमा तथा १ लाख ५० हजार रुपैयाँसम्मका औषधी उपचार बिमा ग्राहकले प्राप्त गर्ने जनाइएकाे छ ।
कर्जामा समेत विशेष छुट र सहुलित प्रदान गर्ने गरी योजना ल्याइएको बैंकका प्रदेश उपप्रमुख विनित पाण्डेले जानकारी दिनुभयाे ।

नेपालमा रहेका २८१ शाखाबाटै नै चमत्कारिक निक्षेप खाता खोल्न सकिने बैंकले शर्माले जानकारी दिनुभयाे । नेपालमा नै पहिलोपट स्विप इन स्विप आउटको सुविधाबाट बचत खातामा मुद्धति खाताकै सुविधा बैंकले प्रदान गर्नेछ । देशभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएम बाट पैसा निकाल्दा शुल्क नलाग्ने बनाइएको छ ।
सुन चादीका सिक्का प्रदान गर्ने योजना पनि बैंकले ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशभरी २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैकिङ ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आईरहेको छ ।
गण्डकी प्रदेशमा मात्र बैंकका ३१ वटा छन् भने पोखरामा मात्रै ११ वटा शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर रहेको शर्माले जानकारी दिनुभयाे । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि बैंकले २ वटा शाखा सञ्चालनमा ल्याएको छ । मोदी गाउँपालिका, पालुङटार गाउँपालिका र बेनी नगरपालिकामा शाखा विस्तार गर्ने बैंकले जनाएकाे छ ।

