देशभर मौसम बदली, पानी पर्ने संभावना

मौसम विभागले आगामी ३ तीनदिनसम्म मौसम बदली भई देशैभर पानी पर्ने जनाएको छ । मौसम विद् विभुति पोखरेलका अनुसार आगामि सोमबार सम्म देशभर मौसम बदली भई पानी पर्ने संभावना रहेको छ ।

प्रि मनसुन सुरु भएका कारण अहिले काठमाडौं उपत्यका र चितवन लगायतका केही स्थानमा शनिबार विहानैदेखि पानी परेकाे छ । हिजो भन्दा आज देशका अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना रहेपनि दिउँसो भने मौसम सफा हुने उहाँको भनाई छ । देशका विभिन्न स्थानमा हावाहुरी लाग्ने भएकाले सबैलाई सचेत र सुरक्षित स्थानमा जान विभागले आग्रह गरेको छ ।

माैषम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै वेभसाइटमा लेखेकाे छ, ‘देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ । ‘

त्यस्तै राती देशको अधिकांस भूभागहरुमा  सामान्यतया बदली रहने र पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको उल्लेख छ। उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना समेत उल्लेख छ |

Facebook Comments