शान्तिका लागि धर्म र संस्कृतिको भूमिका महत्वपूर्ण हुने

रोमानियामा शान्ति प्रवद्र्धनका लागि अन्तरक्रिया सम्पन्न भएको छ । रोमानियाको इन्स्चिच्यूट अफ एडभान्स् स्टडिज् अन लिभान्ट कल्चर एण्ड सिभिलाइजेसन आइएसएसिसिएल, रोमानियका विदेश मन्त्रालय, हेभन्ली कल्चर वल्र्ड पिस रेष्ट्रोरेसन अफ लाइट(एचडब्लुपिएल) लगायत विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

हेभन्ली कल्चर वल्र्ड पिस रेष्ट्रोरेसन अफ लाइट एचडब्लुपिएलको अगुवाइमा भएको कार्यक्रममा अन्तरधार्मिक छलफल, साँस्कृतिक कुटनीति, कोरियन प्रायद्वीपको पुर्नएकीकरण, विश्वशान्तिका लागि विश्वव्यापी नैतिक शिक्षा लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरुले साँस्कृतिक कुटनीति मार्फत् द्वन्द्व न्युनीकरण गर्न सकिने तथा शान्तिपूर्ण संस्कार विकास गर्न सकिने, अरुको भावना बुझ्न सकिने बताएका थिए । छलफलमा क्रिश्चियन, बौद्ध, इस्लाम, शिख, हिन्दु, रोमानियन अर्थोडक्स, क्याथोलिक, यहुदी धर्मका धार्मिक नेताहरु सहभागी भएका थिए ।

उनीहरुले विश्व शान्तिका लागि धार्मिक क्षेत्रको भूमिकाका विषयमा समेत बहस गरेका थिए । धार्मिक एवं साँस्कृतिक मान्यताहरुका आधारमा मानिसमा थुप्रै सकारात्मक परिवतर्न सम्भव रहेको बताएका थिए । शान्ति र सौहाद्रता निर्माणमा धर्म, संस्कार र संस्कृतिले भूमिका निर्वाह गर्ने सहभागीको धारणा थियो ।

विश्वका विभिन्न १२८ देशमा खुलेका वार्प अफिसमा( एचडब्लुपिएलको अगुवाइमा शान्तिका लागि धार्मिक एक्वेबद्धताका लागि खुलेका अफिसहरु) समेत धार्मिक सौहाद्रता अभिबृद्धिका लागि छलफल हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

एच डब्लु पि एलका अध्यक्ष मान हि लिले धार्मिक नेताहरुले एक अर्काका धर्मशास्त्रका बारेमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक भावना र धर्मको साँचो अर्थबारे धार्मिक नेताहरुले अनुयायीहरुलाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले धर्मले मानवीयता र शान्तिलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

सोही अवसरमा दक्षिण कोरिया र उत्तर कोरियावीच शान्तिपूर्ण पुर्नएकीकरणको विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा पूर्वी युरोपेली मुलुकका पूर्व राज्य प्रमुख, पत्रकार, शान्ति अधिकारकर्मी, मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो । दुई कोरियावीचको शान्तिपूर्ण रुपमा पुर्नएकीकरण हुन सकेमा विश्व शान्तिका लागि समेत प्रेरणा हुन सक्ने सहभागीको धारणा थियो ।

विश्व समुदायले समेत कोरियाली प्रायद्वीपको विवाद समाधानका लागि सहयोग गर्नुपर्ने सहभागीहरुको भनाई थियो । वक्ताहरुले राजनीतिक, आर्थिक र सैन्य लगायतका विषयमा विश्वासको वातावरण बनाउनुपर्ने सुझाव समेत दिएका थिए । यसका साथै युद्ध अन्त्य र विश्व शान्ति घोषणा सम्बन्धि एचडब्लुपिएलको अगुवाईमा तयार पारिएको डिपिसिडब्लुको बारेमा समेत छलफल भएको थियो ।

यसमा बलको प्रयोग, धार्मिक तथा राजनीतिक स्वतन्त्रता, विवादको शान्तिपूर्ण समाधान, विश्वभर शान्तिको संस्कार विकास लगायतका विषय समावेश छन् । शान्तिको प्रवद्र्धनका लागि शिक्षा प्रणालीमा समेत सो विषयको अध्ययन अध्यापन हुनुपर्नेमा समेत कार्यक्रमका दौरान सुझाव दिइएको थियो ।

Facebook Comments