मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त(सामुदायिकशाखा) कमलपोखरीलाई सहयोग गरेको छ । जस अन्तर्गत सामाजिक जनचेतनामूलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग गरिएको हो ।

उक्त स्टिकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टासिनेछ । उक्त स्टीकर मुक्तिनाथ विकास बैंक लि.मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गर्नुभएको हो । मुक्तिनाथ बैंकले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा सहयोग गर्दै आएको छ ।

Facebook Comments