ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने
अवदेखि ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन् ।
निर्देशिका मन्त्रीपरिषद बैठकबाट स्वीकृत भइसकेको छ । जसमा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । निर्देशिका कार्यान्वयनम आएसँगै ट्राफिक प्रहरी जवान र हवल्दारले ४० प्रतिशत, असई र सईले २० प्रतिशत, इन्सपेक्टर र डिएसपीले १० प्रतिशत बृद्धि भएको भत्ता रकम पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताका विषयमा गृह मन्त्रालयमा पेश गर्नुभएको प्रस्तावलाई गृहमन्त्रालयले मन्त्री परिषद बैठकमा पेश गर्नुभएको थियो । सोही प्रस्ताव अघिल्लो शुक्रबारको मन्त्री परिषदको बैठकले पारित गरेको हो ।
Facebook Comments

