पाकिस्तान कश्मिर मुद्दामा वार्ता गर्न इच्छुक

पाकिस्तानले कश्मिर मुद्दामा वार्ता गर्न इच्छा व्यक्त गरेकाे छ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले जम्मू-कश्मीर मुद्दामा भारतसँग सशर्त वार्ता गर्न तयार रहेको जानकारी दिनुभएकाे हाे ।

बिबिसिसँगकाे कुराकानीमा कुरैशीले वार्तामा तेस्रो पक्षको मध्यस्थतालाई समेत पाकिस्तानले स्वीकार गर्ने बताउनुभयाे ।

पाकिस्तान वार्ताको लागि तयार रहेपनि भारतले भने द्वन्द बढाउन खाेजेकाे उहाँकाे भनाइ छ ।

वार्ताका लागि भारत प्रशासित कश्मीरमा जारी कर्फ्यू हटाउनु पर्ने, पक्राउ परेका कश्मीरी नेताहरुलाई रिहा गर्नुपर्ने, आधारभूत मानव अधिकार बहाल हुनुपर्ने लगायतका शर्त भने रहने कुरैशीले उल्लेख गर्नुभयाे ।

कश्मीरका नेताहरुलाई रिहा गरेमा वार्ताका लागि वातावरण भन्ने उहाँकाे भनाइ थियाे ।

वार्तामा कश्मीरी जनताको भावनाकाे सम्मान गरिनुपर्ने भन्दै कुरैशीले युद्ध विनाशकारी हुने भएकाले त्यस्ताे विकल्प राम्राे नहुने बताउनुभयाे । तर युद्धकाे सामना गर्न पाकिस्तान तयार रहेकाे उहाँकाे जिकीर थियाे ।

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोस्नुअघि टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गराएर कश्मीरी अगुवाहरुलाई हिरासतमा लिएको थियो ।

त्यसको विरोध गर्नेहरुलाई भारतीय सेनाहरुले नियन्त्रणमा लिएर चरम यातना दिएको समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

कश्मीरकाे सवालमा आफू अनुकूल समर्थन जुटाउन पाकिस्तानले पहल गरिरहेकाे छ ।

Facebook Comments