दिवंगत पर्यटनमन्त्री अधिकारीको पोखरामा हुने श्रद्धाञ्जली र अन्त्येष्टीमा रक्षामन्त्री इश्वर पोखरलका साथै नेकपाका नेताद्वय बामदेव गौतम र नारयणकाजी श्रेष्ठ आउने
दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पोखरा आउनुहुने भएको छ । सरकारका तर्फबाट पोखरेल आउने अन्त्येष्टी गर्नु अघि नेपालको राष्ट्रिय झण्डा ओडाउने बताइको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका सहभागी हुनुहुने भएको छ । पोखराको रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम तय भएको छ ।
मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । मन्त्री अधिकारीको पार्थिव शरीर केहीबेरमा पोखरा ल्याईंदैछ । पोखरामा ल्याएपछि अधिकारीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा राखिनेछ ।
श्रद्धाञ्जलीका लागि केही घण्टा प्रदर्शनी केन्द्रमा राखिएपछि नयाँबजार महेन्द्रपुल, रानीपौवा हुँदै रामघाटमा लगेर अत्येष्टी गरिने नेकपाले जनाएको छ । गण्डकी प्रदेश सरकारले दिवगंत पर्यटनमन्त्रीको राजकीय सम्मानका साथ अत्येष्टी गर्ने निर्णय गरेको छ ।

