दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा पर्दशनी केन्द्रमा

दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईएको छ । नेपाली सेनाको हेलिकाेप्टर मार्फत् अधिकारीको शव पोखरा ल्याईएको हो । अधिकारीकोश शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा केही घण्टा राखिने गण्डकी प्रदेश सरकारले जनाएको छ । अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पोखरा आउनुभएको छ । सरकारका तर्फबाट पोखरेल आउने अन्त्येष्टी गर्नु अघि नेपालको राष्ट्रिय झण्डा ओडाउनुहुनेछ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका सहभागी हुन पोखरा आउनुभएको छ । पोखराको रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम तय भएको छ ।

श्रद्धाञ्जलीका लागि केही घण्टा प्रदर्शनी केन्द्रमा राखिएपछि नयाँबजार महेन्द्रपुल, रानीपौवा हुँदै रामघाटमा लगेर अत्येष्टी गरिने नेकपाले जनाएको छ । गण्डकी प्रदेश सरकारले दिवगंत पर्यटनमन्त्रीको राजकीय सम्मानका साथ अत्येष्टी गर्ने निर्णय गरेको छ ।

Facebook Comments