भारतको बजेटमा मध्यम वर्ग लक्षित सुधार कार्यक्रम समावेश
भारत सरकारले ग्रामीण तथा शहरी मध्यमवर्गलाई लक्षित गर्दै सुधारका कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिउको बजेटमा ग्रामीण तथा शहरी मध्यम वर्गलाई लक्षित गरी केही सुधारका कार्यक्रम समावेश गरिएको छ । अर्थमन्त्री अरूण जेट्लीको अनुपस्थितिमा अन्तरिम अर्थमन्त्री पियुस गोयलले पेश गर्नुभएको बजेटमा मध्यम तथा निम्न वर्ग लक्षित कृषि क्षेत्रमा राहत तथा कर कटौतिलाई महत्व दिइएको छ ।
गोयलले बजेट सार्वजनिक गर्दै करिब १२ करोड ‘गरिब तथा निम्न वर्गीय’ किसानलाई प्रतिपरिवार बार्षिक छ हजार भारतीय रूपैयाँ अनुदान दिने घोषणा गर्नुभयो । जसका लागि १० अर्ब ५० करोड अमेरिकी डलर बजेट लाग्ने भएको छ ।
सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकका लागि पनि पेन्सन योजना घोषणा गरेको छ । कार्यवाहक अर्थमन्त्रीले उक्त बजेटमार्फत भारतको बजेटमा आगामी पाँच बर्षमा डबलभन्दा बढीको वृद्धि हुने अर्थात् २ दशमलव ३ ट्रिलियन पुग्ने जिकीर गर्नुभएको छ ।

