रसुवा भाेटेकाेशी बाढीः हालसम्म १ हजार ४१० जनाकाे निधन, ६ हजार १४५ सम्पर्कविहीन

रसुवा भाेटेकाेशी बाढीमा परी हालसम्म १ हजार ४१० जनाकाे निधन भएकाे राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका अनुसार विहीबार साँझसम्मकाे विवरण अनुसार उक्त संख्यामा शव भेटिएकाे हाे । प्राधिकरणले हालसम्म ६ हजार १४५ सम्पर्कविहीन अवस्थामा रहेकाे जनाएकाे छ ।

हालसम्म १३ हजार ७५६ जनाकाे उद्धार भएकाे जनाइएकाे छ । १ हजार २८६ वटा शवकाे पहिचान हुन नसकेकाले डिएनए परीक्षणका लागि नमुना संकलन गरिएकाे छ । त्यस्तै शव पहिचानका लागि नातेदारहरू मध्ये १ हजार ९४४ जनाले डिएनए परीक्षणका लागि नमुना दिएका छन् ।

Facebook Comments