कृषि कर हटाउन चीनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गर्नुभएको छ । ट्वीट मार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त कर हटाउन आग्रह गर्नुभएको हो ।
चीनले कृषिमा अतिरिक्त कर हटाउने आशमा अमेरिकाले पनि चिनीयाँ सामानमा यही मार्चबाट लगाउने भनिएको नयाँ अतिरिक्त शुल्क लगाउन ढिलाइ गरिरहेको छ । ट्रम्पले गत महिनापनि चीनसित नयाँ व्यापारिक सम्झौताको निकै नजिक पुगेको बताउनुभएको छ ।

यसअघि भने अमेरिकाले चिनियाँ सामानमा २५० करोड डलर बराबरको अतिरिक्त कर लगाएको थियो । चीनले पनि प्रतिक्रियास्वरुप अमेरिकी वस्तुको आयातमा ११० करोड डलर बराबरको अतिरिक्त कर लगाउँदै आर्थिक इतिहासमै अमेरिकाले ठूलो व्यापरिक युद्ध सुरु गरेको आरोप लगाएको थियो ।
Facebook Comments

