महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाही र पति चित्रजंग अलग हुने
बलात्कारकाे आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा नै दिनुपर्याे । शालीन र भद्र ठानिने महरामाथि नै बलात्कारकाे गम्भीर आरोप लागेपछि नेकपाका नेता कार्यकर्ता आश्चर्यमा परे ।
यता बलात्कार आरोप लगाउने महिला रोशनी शाही र पति चित्रजंग शाहीवीच सम्बन्ध विच्छेदकाे प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।
चित्रजंग शाहीले सामाजिक सञ्जालमा आफूहरूवीच सम्बन्ध विच्छेद गर्ने सहमति भएकाे सार्वजनिक गर्नुभएकाे छ ।
नेपाली कागजमा शुभचिन्तकका नाममा सम्बाेधन गर्दै उनीहरुले अवदेखि अलग बस्ने र सम्बन्ध विच्छेदकाे प्रक्रिया अगाडि बढाउने उल्लेख गरेका छन् ।
‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौा । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ।


