६२ औ सहकारी दिवसको अवसरमा अन्र्तरक्रिया सम्पन्न
पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको व्यवस्थापनका लागि महानगरले सहकारी ऐन निर्माण गरेको बताउनुभएको छ । ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले केन्द्र र प्रदेशसंग नबाझिने गरि महानगरले ऐन तथा नियमावली बनाएर सहकारीलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताउनुभयो ।
पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार सहकारी सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले सहकारी सम्वन्धि बनाउने ऐन, नियमावली उत्कृष्ट हुनुपर्ने बताउनुभयो । उहाँले देशकै ठूलो महानगर भएकाले पोखराले कस्तो ऐन बनाउर्छ भन्ने चासो रहेको बताउदै सवैले अनुशरण गर्नसक्ने गरि ऐन, नियमावली बनाउनुपर्नेमा जोड दिनुभयो ।

कास्की जिल्ला सहकारी संघका उपाध्यक्ष बलराम गौतमले सहकारीले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा सहकारीकर्मी पुण्यप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, महानगर सहकारी व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सुवेदी लगायतले महानगरपालिका ले बनाउने ऐनि नियम सहकारीका सदस्यहरुको भावना अनुसार हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महानगरले बनाएको सहकारी ऐन र महानगर सहकारी व्यवस्थापन समितिका सदस्य भीम गुरुङले अव बन्ने सहकारी नियमावलीमा समावेश गरेर जानुपर्ने विषयका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम पोखरा महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।

