सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

६२ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा पहिलोपटक २०१३ साल चैत २० मा चितवनको बखान सहकारी स्थापना भएको थियो । सोही दिन अर्थात्चैत २० लाई सहकारी दिवसका रुपमा मनाउँने गरिन्छ । दिगाे विकास लक्ष प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ याे दिवस मनाउन लागिएकाे हाे ।

सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइरहँदा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब सहकारी गाउँ केन्द्रीत भएर सम्बृद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अहिले रहेका ३४ हजारभन्दा सहकारीलाई ५ वर्षमा आधामा झार्ने पनि बताउनुभयो । सहकारीलाई क्षेत्र विभाजन गरे उत्पादनमा लगाउने सरकारको तयारी छ ।

Facebook Comments