सहकारीलाई पनि बैंक जस्तै गाभ्ने तयारी गरिदैं

नेपाल सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब सहकारी गाउँ केन्द्रीत भएर सम्बृद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अहिले रहेका ३४ हजारभन्दा सहकारीलाई ५ वर्षमा आधामा झार्ने योजनामा सरकार रहेको छ ।

सहकारीलाई क्षेत्र विभाजन गरे उत्पादनमा लगाउने, २ वर्षभित्र ७७ वटै जिल्लामा कृषी बजारको व्यवस्था गर्ने लगायतका योजनामा सरकार लागिपरेको छ । किसानले कृषि बजार नपाउँदा कृषीजन्य उत्पादन खेर गइरहेको गुनासो आएपछि सरकारले यस्तो योजनामा अगाडि सार्न लागेको हो । मुलुकभर रहेका सहकारीलाई कृषि उत्पादनको क्षेत्रमा लगानी बढाउन सरकारले आग्रह गर्दै आएको छ ।

यसअघि कास्कीमा क्रियाशील २ सहकारी संस्थावीच एकीकरण हुन लागेको छ । २०६१ साल वैशाखबाट कारोबार सुरु गरी २०६४ चैत्रबाट विधिवत् दर्ता गरी पोखरा–१५, रामबजारबाट आफ्नो सेवा प्रदान गरिरहेको संगम बचत तथा ऋण सहकारी संस्था लि. र २०६५ असोजबाट विधिवत दर्ता गरी पोखरा–४ , गैह्रापाटनबाट आफ्नो सेवा प्रदान गरिरहेको सुगम बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण पश्चात सेवा प्रदान गर्ने भएका छन् । यही चैत्र २३ गते एकीकरणको घोषणा गर्ने तयारी रहेको छ ।

Facebook Comments