अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजद्वारा राजीनामा
अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिनुभएको छ । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उहाँले राजीनामा दिनुभएको हो ।
अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रेका थिए । २० वर्ष लामो समय सत्तामा रहनुभएका अब्दुलअजिजले भने आगामी अप्रिलमा हुने चुनावमा नलड्ने र त्यसलगतै पद छोड्ने बताउनुभएको थियो । तर, प्रदर्शनकारी नियन्त्रणभन्दा बाहिर गएपछि उहाँले मंगलबार नै राजीनामा दिनुभएको बताइएको छ ।
Facebook Comments

