विमानस्थल मर्मत : नेपाल एयरलाइन्सकाे उडान रद्द

दुबई उडानका लागि तयारी अवस्थामा रहेकाे नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान अन्तिममा रद्द भएकाे छ । उडानका लागि सबै यात्रुलाई बोर्डिङ पास दिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ बजे ह्यांगरबाट उडान भर्नका लागि पार्किङ वेमा ल्योएर यात्रु जहाज चढेपछि उडान स्थगित गरिएकाे हाे ।

सबै यात्रु जहाजमा चढेर इन्धन भर्नेसम्मकाे काम ९ः३७ मा सकिएकाे र इन्जिनियरिङ क्लिरेन्स पाएपछिपछि विमान बन्द हुने समय भएकाे भन्दै उडान भर्न अनुमति नदिइएकाे हाे ।

जहाजकाे जब ढोका बन्द गरेर ब्याक गरी उडान शुरु गर्ने तयारी गर्यो त्यही समय ड्र्यागन एयरको जहाज पनि धावनमार्गमै थियो। १० बज्न तीन मिनेट बाँकी हुँदा ड्र्यागन एअरले उडान भर्न अनुमति पाएर उड्याे ।

नेपाल एअरलाइन्सकाे जहाज भने सबै तयारी पुरा भएपछि पिन एटिसीले अनुमित नदिएका कारणा उडान रद्द नै गर्नुपरेकाे हाे । जहाजमा १७६ जना यात्रु र १४ जना चालकदलका सदस्य रहेकाे नेपाल एअरलाइन्स श्राेतले जनाएकाे छ ।

नेपाल एअरलाइन्स् का तर्फबाट जहाजमा यात्रु बोर्ड भइसकेकाले ४ मिनेट समय दिन आग्रह गरिए पनि एटिसीले अनुमति नदिएकाे हाे । जसका कारण जहाज चढिसकेका यात्रुहरु समस्यामा परे भने एअरलाइन्सलाइ पनि असर पुग्याे ।

Facebook Comments