धर्मगुरु रामबहादुर बम्जन महाध्यानमा

बोधि श्रवण धर्म संघले धर्मगुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेकाे बताउनुभएकाे छ

कमलामाई नगरपालिका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा बम्जन यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको जानकारी संघले दिएकाे हाे ।

संघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ । 

उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा  र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ । 

बम्जनका बारेमा अनुयायीलाइ नै दुव्यर्वहार गरेकाे भन्दै विवाद अाउने गरेकाे छ ।

Facebook Comments