धारा जडानपछि बाँकेको गुरुवागाँउका दलित समूदायमा खुशीयाली

छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेको बाँकेको गुरुवागाँउको दलित समूदायमको अहिले मुहार नै उज्यालो बनेको छ । नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरे पछि एक महिनादेखि आफ्नै आँगनमा धाराको पानी भर्न पाएपछि दलित वस्तीमा खुसीयाली छाएको हो ।

बाँकेको जानकि गाउँपालिकाको वडा नं.५ गुरुवागाँउमा ५१ वटा घरमा खानेपानीका धारा जडान भएपछि उक्त गाउँकाबासिन्दा पानीको समस्याबाट मुक्त भएका छन् । गरिब बस्तीको रुपमा चिनिएको बेलहारीको गुरुवागाँउका ५१ जनाको घरमा धारा नरहेको भनी जानकीगाँउपालिको सिफारीशमा धारा जडान गरिएको नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका कार्यक्रम संयोजक पवन सिहंले जानकारी दिनुभयो ।

धारा जडान भए पछि जानकी गाँउपालिकाका अध्यक्ष राम निवास यादव, वडा अध्यक्ष रमेश बर्मा, किशोर थापा र अधिकारकर्मी आलम खान सहितको एक टोलीले बिहिबार गुरुवागाँउमा पुगी धाराको स्तर लगायतका बिषयमा सर्बसाधारण संग जानकारी लिनुभएको थियो ।

गाँउपालिका अध्यक्ष यादवले वडाको प्रत्यक्ष निगरानीमा निशुल्क रुपमा एक्राले जडान गरेको गुणस्तरीय भएको बताउनुभयो । घरमा नै धारा जडान भए पछि हर्षित हुदै स्थानीय राजा राम धोबीले गाँउपालिका अध्यक्षलाई धन्यबाद दिदै भने एक्राले धारा जडान गरेर ठूलो उपकार गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

‘१० मिनेट लगाएर पानी ल्याउनुपथ्र्यो, पानीका लागि छिमेकीसँग संधै झगडा हुन्थ्यो’ गुरुवागाउँ निवासी अलि बक्स साईले भने, हिजोआज आँगनमै धारा बनेको र पानीका लागि धाउनुपर्ने बाध्यता टरेको भन्दै उनले खुसीका दिन सुरु भएको बताउनुभयो ।
नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले एक घर एक धारा को अभियान संस्थाले सुरु गरेको बताउदै यो अभियानलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments