स्कूटर र मोबाइल चोरी गर्ने बालक पक्राउ
पोखरामा स्कूटर र मोबाइल चोरीमा बालकहरु संलग्न रहेको पाइएको छ । पोखरा महानगरको विभिन्न स्थानबाट चोरी गरिएका ८ थान बिभिन्न ब्राण्डका मोबाइल र एउटा स्कूटर चोरीमा २ जना किशोर अवस्थाका बालक संलग्न रहेको पाइएको हो ।
प्रहरीका अनुसार १७ बर्षका २ जना बालकहरुले मोबाइल र ग १२ प ८५ ५५ नम्बरको सेतो स्कूटर चोरेर लुकाई राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले ८ थान मोबाइल र स्कूटर समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
Facebook Comments

