सेल्फी खिच्नकै लागि ३ क्यामरा सहितकाे माेवाइल


चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले सेल्फी खिच्नका लागि ३ वटा क्यामरा भएकाे आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन यही महिना सार्वजनिक गर्दैछ ।

१९ सेप्टेम्बरमा जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

हुवावेले हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट गरी ३ प्रकारका विशेष सुविधा सहितका स्मार्टफाेन सार्वजनिक गर्न लागेकाे हाे ।

मेट ३० प्रो स्मार्टफोनमा फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामरा रहनेछ । मेट ३० स्मार्टफोनमा कुल ७ वटा क्यामरा हुनेछन् । तीमध्ये ४ वटा क्यामरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि ३ वटा क्यामराचाहिँ स्क्रिनतर्फको भागमा राखिनेछ । मुख्य क्यामरा ४० मेगापिक्सेलको हुने बताइएको छ ।

साथै फोनमा मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ । हुवावे मेट ३० मा ६.७१ इन्चको ओएलइडी डिस्प्ले हुनेछ । त्यस्तै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री, इन्टर्नल स्टोरेज १२८ जिबी र र्याम ८ जिबीको हुनेछ ।

अमेरिकासँग व्यापार तनाव भाेगिरहेकाे हुवावेले सर्च इन्जिन र स्मार्ट फाेनका लागि अपरेटिङ सिस्टम पनि विकास गर्न लागेकाे बताइएकाे छ ।

अमरिकाले साइबर आक्रमण गरेकेा आरोप

विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न सबै उपाय अपनाएको आरोप लगाएको छ।

अमेरिकाले आफ्नो सञ्जालमा हस्तक्षेप गर्न साइबर आक्रमण गरेको र आफ्ना कर्मचारीलाई धम्काएको आरोप मङ्गलवार ह्वावेईले एउटा विज्ञप्तिमा लगाएको छ।

अमेरिका र चीनको द्वन्द्वमा चेपुवमा परेको सो कम्पनीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो। उसले आफ्ना आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएको छैन। बिबिसीकाे सहयाेगमा

Facebook Comments