इराकमा सरकार बिरोधी प्रदर्शन, मुख्य शहरहरूमा जनजीवन प्रभावित

इराकमा सरकार बिरोधी प्रदर्शनका कारण जनजीवन प्रभावित भनेकाे छ ।

प्रदर्शन चरम उत्कर्षमा पुग्दा प्रदर्शनकारीहरुले इराकको राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेका छन् ।

जसका कारण मुख्य शहरी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

गत अक्टोबर १ देखि सुरु भएको प्रदर्शनलाई निरन्तरता दिँदै आन्दोलनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् ।

भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने लगायतका मागसहित सरकारको राजीनामा लगायतका माग प्रदर्शकारीहरुको छ ।

प्रदर्शनकै क्रममा प्रहरीसँगको झडपमा २ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । प्रदर्शनलाई राेक्न हजाराैंकाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments