अमेरिका जलवायू परिवर्तन सम्बन्धि पेरिस सम्झौताबाट पछि हट्ने

संयुक्त राज्य अमेरिकाले फ्रान्सकाे पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने भएकाे छ ।

आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।

सम्झौताले अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको अमेरिकाले जनाएकाे छ ।

उक्त सम्झौतामार्फत विश्वका एक सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए ।

पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो ।

सम्झाैतामा हस्ताक्षर गर्ने विभिन्न मुलुकहरू सम्झाैताबाट पछि हट्न थालेका छन् ।

जलवायू परिवर्तनाका कारण कम विकसित मुलुकहरू चपेटामा परेका छन् ।

Facebook Comments