रोयल सहकारीले एटिएम सेवा सञ्चालन गर्दै
पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारीले एटिएम सेवा शुरु गरेको छ । यसअघि बैंकहरुमा मात्र उपलब्ध रहँदै एटिएम सेवा रोयल सहकारीले पनि शुरु गरेको हो ।
सहकारीले आधुनिक बैंकिङ प्रणाली अनुसार नै आफ्ना सेवाग्राहीलाई सेवा सुविधा प्रदान गरिरहेको छ । यसैक्रममा सहकारीले एटिएम सेवासमेत सञ्चालनमा ल्याएको छ । सञ्चालित एटिएम सेवाको छिट्टै औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
एटिएमको परीक्षण भइसकेको छ । सहकारीले यस अगाडि २४सैं घन्टा मोबाइल बैंकिङ लगायतका सेवा सञ्चालन गरिसकेको छ । अस्ट्रेलियाको बचत तथा ऋण सहकारीले सन् १९७७ मा विश्वमा नै पहिलोपटक २४ सै घन्टा एटिएम सेवा सञ्चालनमा ल्याएको इतिहास छ ।
Facebook Comments

