गीतकार मन क्षेत्रीको ‘हामी नउठे को उठ्छ ?’ सार्वजनिक
सञ्चारकर्मी प्रभु अधिकारीको प्रस्तुतिमा गितकार मन क्षेत्रीको सामाजिक सचेतनामुलक गीत ‘हामी नउठे को उठ्छ ?’ को अडियो तथा म्युजिक भिडियो आज पोखरामा सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले उक्त गीतलाई सार्वजनिक गर्नुभएके हो ।
समारोहमा मेयर जिसीले हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भन्दै मेयर जिसीले प्रविधी मैत्री वातावरण बनाएर फोहोरलाई पनि मोहोरमा परिणत गर्न सकिने बताउनुभयो । फोहोरलाइ पनि अब उद्यमको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।
‘पोखराका सटरसटरमा वर्कशप छन् । बजारको माझमाझमा कबाडी सेन्टर छन् । तारहरुको जालो फुकाइनसकिने गरि अल्झिएर बसेका छन् । जस्ले सिङ्गो शहरनै कुरुप बनाइरहेको छ । अहिले हामी यस्को व्यवस्थापनमा लागि परेका छौ’—जिसीले भन्नुभयो । फोहोर सफा गर्नुपर्ने भन्दा पनि फोहोर कसरी नगराउने विषयले महत्व राख्ने उहाँको भनाइ थियो ।
सुन्दर पोखरा निर्माणका लागि महानगर सधैं नागरिक सँगै रहेको उहाँको भनाई थियो । वृहत सरसफाइ जस्तो महाअभियानमा यस्तो प्रकारको सामाजिक सन्देश मुलक गीतले पोखराको सुन्दरताको प्रचारप्रसार गरि सहयोग पु¥याएकोमा जिसीले आगामी दिनमा महानगर यसरीनै साझेदार भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गीतमा नरजंग गुरुङको संगीत छ भने रामभक्त्त जोजिजु, ईतु जोजिजु, अजुदा थापा, योगेश काजी, आशिष दास, नरजंग गुरुङ, मनोज गुरुङ आदी कलाकारको स्वर रहेको छ । गीतको म्युजिक भिडियोलाई सरोज अधिकारीले छाँयाकन गरेका हुन् । निसान घिमिरेको सम्पादन रहेको गीतमा प्रस्तुत कर्ता प्रभु अधिकारी सँगै राजनितिकर्मी, नागरिक समाज, लेखक कलाकार, पत्रकार, विद्यार्थी लगायतको अभिनय रहेको छ ।

