रेबान पोखराको कार्यालयमा मजदुरद्वारा तालाबन्दी
रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान) ले होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा मजदुर संगठन आन्दोलित भएका छन् । रेवानको उक्त निर्णयका विरुद्ध संघर्षमा उत्रिएका मजदुरले बुधबार पोखरामा रेबानको कार्यालयमा ताला लगाइदिएका छन् ।
यसअघि पटक पटकको छलफलबाट कुनै निष्कर्षमा नपुगेवपछि मजदुर आन्दोलित बनेका छन् । व्यानरमा रेवानले गरेको सेवा शुल्क खारेजी सम्बन्धि निर्णय फिर्ता नलिए सम्म नेपाल सरकारले दिएको न्युतम वेतन लागु नगरे सम्म श्रम ऐन पूर्णरुपमा कार्यान्वयन नगरे सम्म रेवान पोखरामा लगाइएको यो ताला खोलिने छैन भनेर लेखिएको छ । साथै चेतावनीको शैलीमा जवरजस्ती ताला खोलीएमा यसको परिणाम राम्रो हुने छैन भन्ने उल्लेख छ ।

संयुक्त संघर्ष समितिमा आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर यूनियन, नेपाल होटल तथा पर्यटन सम्बद्ध श्रमिक संघ लगायतले ताला लगाएका हुन् ।

