क्यान इन्फोटक : नयाँ प्रविधिको बारेमा जानकारी लिन सकिने

पोखरामा क्यान इन्फोटेक २०१९ जारी रहेको छ । सूचना र प्रविधिको क्षेत्रमा भएका पछिल्लो विकासका बारेमा इन्फोटेकमा जानकारी लिन सकिनेछ ।

विद्युतीय भुक्तानी, विभिन्न सफ्टवेयर, डिजाइनिङ, वेभसाइट निर्माण, बजारमा उपलब्ध रहेका पछिल्ला मोडलका ल्यापटप, कम्प्युटर, प्राजेक्टर, प्रिन्टर, सिसि क्यामरा लगायतका विषयमा इन्फोटेकमा सेवाग्राहीले जानकारी लिन पाउनेछन् ।

कस्मिक कम्प्युटिङ सोलुसन्स हाइरेन्जका गेमिङ सेगमेन्ट उपलब्ध

कस्मिक कम्प्युटिङ सोलुसन्सले राखेको स्टलमा हाइरेन्ज गेमिङ सेगमेन्टबारे जानकारी लिन सकिनेछ । हाइ रेन्जको कम्प्युटर तथा ल्यापटप चलाउन चाहनेले कस्मिकबाट आफ्नो आवश्यकता अनुरुपको खरिद गर्न सक्ने कस्मिकका प्रोपाइटर पुरुषोत्तम कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार राम्रो ग्राफिक डिजाइनर, मुभी इडिटर, भिडियो गेम, राम्रो प्रोजेक्ट, एनिमेसन, फिल्म तथा डकुमेन्ट्री निर्माण गर्नेहरुका लागि आवश्यक रिक्वायरमेन्ट पुरा गर्ने खालका सामग्री कस्मिकमा उपलब्ध रहेका छन् । भरच्युल फिलिङ वास्तवमै आफूलाई भित्रैबाट वास्तविक अनुभूति दिलाउने खालका गेमिङ प्रोगाम समेत कस्मिकमा उपलब्ध रहेका छन् ।

कस्मिकले एमएसआई, बेन्क्यू र अडाटा ब्राण्डबाट उत्पादित कम्प्युटर, ल्यापटप, मोनिटर, प्रोजेक्टर, ग्राफिक कार्ड, र्याम, नयाँ प्रविधिको एसएसडी हार्ड डिस्क समेत उपलब्ध गराउँदै आएको छ । केही बर्ष पहिले विश्वका विकसित देशमा पछिल्ला सूचना र प्रविधि उपलब्ध भएको धेरै पछाडि बर्षदिनपछि मात्र नेपालमा नयाँ विकास भएका प्रविधि आउने गरेका भने अहिले भने तत्काल नै उपलब्ध हुने वातावरण रहेको पनि कुँवरले जानकारी दिनुभयो ।

इन्फोटेकमा कस्मिकले एमएसआई ब्राण्डका नवीनतम उत्पादनहरु बिक्री तथा प्रदर्शनीमा राखेको छ । जसमा जस्तै आरटिएक्स सिरिजका २०७०, २०८० ग्राफिक्स कार्ड, इन्टेल नाइन्थ जेनेरेसन कोर आइनाइन, टप सिरिजको प्रोसेसरयुक्त कम्प्युटर रहेका छन् ।

डिजाइनर तथा फोटोग्राफरहरुका लागि आवश्यक मोनिटरहरु, बेना बेन्क्यु कम्पनीको फोरके रिजोलुसनयुक्त प्रोजेक्टर, मोनिटरका साथै अडाटा कम्पनीका एसएसडी एक्स्टर्नल र इन्टर्नल हार्डड्राइभ, ओरिजिनल पेनड्राइभ, व्यावसायिक प्रयोजनका लागि हाइरेन्जका कम्प्युटर तथा ल्यापटपहरु क्यान इन्फोटेकमा उपलब्ध रहेका छन् ।

निःशुल्क मर्मत र एक्सचेन्ज अफर

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’मा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर समावेश रहेको छ ।

यसका साथै आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण भइरहेको सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो ।

आगामि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकका अवसरमा छुटमा सुविधा समेत सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments