आलुलाई पहिचान बनाउँदै हेमजा(फाेटाे फिचर)

हेमजामा आलु महोत्सव शुरु भएको छ । उक्त आलु महोत्सवमा आलुको ठूलो पहाड निर्माण गरिनुका साथै आलुबाट बन्ने विभिन्न परिकारहरु राखिएको छ । आलुबाट बन्ने परिकारको साथै कृषिजन्य उत्पादन महोत्सवमा समावेश गरिएको छ ।

महोत्सवमा जाने जो कोहीले आलुका विभिन्न परिकारहरुको स्वाद लिन सक्नेछन् भने कृषिजन्य विभिन्न उत्पादन तथा प्रविधिका बारेमा समेत जानकारी लिन सक्नेछन् ।

चैत्र २२ गते शुक्रबारबाट शुरु भएको महोत्सव २०७६ बैशाख १ अर्थात् नयाँ बर्षसम्म सञ्चालन हुनेछ । महोत्सवका दौरान ३२ रुपैयाँ प्रतिकेजीका दरले आलु खरिद गर्न सकिने आयोजक विष्णु पादुका क्लवले जनाएको छ ।

यसअघि स्थानीय रुपमा आलु महोत्सव मनाउने गरिएको भएपनि विगत केही बर्षयता राष्ट्रिय रुपमा यस महोत्सवको आयोजना गर्न लागिएको छ । यस्तो महोत्सवले कृषिजन्य उत्पादन र त्यसमा संलग्नहरुलाई प्रोत्साहन मिल्ने निश्चित छ ।

Facebook Comments