त्रिभुवन विश्वविद्यालय प्रविधिमैत्री बन्दै, परीक्षा फारम अनलाइनमै

त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था सुरु गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अहिलेसम्म परीक्षा फारम क्याम्पसमा बुझाउनुपर्ने प्रावधान रहेकोमा अव अनलाइनमा विद्यार्थी स्वयंले भर्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।

अनलाइनमा विद्यार्थीले आफैंले परीक्षा फारम भर्नसक्ने र प्रवेशपत्र समेत प्रिन्ट गर्न सक्नेछन् । जोशीका अनुसार अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँले नै प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने छन् । यस्तै त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागू गर्ने भएको छ भने मार्कसिट समेत विद्यार्थीले प्रिन्ट गर्न सक्ने प्रविधि विकास गर्दैछ ।

Facebook Comments