ड्राईभिङ्ग स्कुल संघ गण्डकीको राराताल भ्रमण सम्पन्न

ड्राईभिङ्ग स्कुल संघ गण्डकीको राराताल भ्रमण सम्पन्न भएको छ । एक साता लामो राराताल अबलोकन भ्रमण सकी भ्रमण टोली पोखरा आईपुगेको छ । कर्णाली प्रदेशको मुगुजिल्लामा रहेको सबैभन्दा ठुलो तालको रुपमा रहेको राराको अबलोकनले आन्तरीक पर्यटन प्रबद्धनमा टेवा पु¥याएको भ्रमण पछि ड्राईभिङ्ग स्कुल संघका केन्दीय महासचिव तथा गण्डकी प्रदेशका अध्यक्ष उमेश सि.के.ले प्रतिक्रिया दिनुभयो ।

नेपालीहरुमा पछिल्लो समय घुमफिर गर्ने परम्पराको बिकास हुन थालेको छ । भ्रमणको क्रममा टोलिले सुर्खेतको बुलबुल ताल, बि.स. १८९० सालमा गएको भुकम्पले क्षति पु¥याएको ऐतिहासिक काक्रेबिहार, चितवनको सिजि धाम लगायतका पर्यटकिय तथा धार्मिक स्थलहरुको पनि अवलोकन गरिएको थियो ।

सो क्रममा ड्राईभिङ्ग स्कुल संघ, कर्णाली, ड्राईभिङ्ग स्कुल संघ ५ नम्वर प्रदेशसँग अन्तरक्रियात्मक छलफल भएको थियो । पछिल्लो समय यातायात बिभागले ड्राईभिङ्ग स्कुललाई दिदैै आएको अधिकार कटौती गरिएको बिषयमा भेटघाटको अबसरमा छलफल तथा आगामी रणनितिका बारेमा कुराकानी गरिएको भ्रमण टोलीका संयोजक तथा ड्राईभिङ्ग स्कुल संघ, गण्डकीका उपाध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । भ्रमण टोलीमा २० जनाको सहभागिता रहेको थियो ।

Facebook Comments